अक्टोबर: सम्पुर्ण फूटबल प्रेमी महानुभावलाई दिपावली को शुभकामना छ हाम्रो क्लब को पक्ष बाट। फूटबल टुर्नामेन्ट आयोजना गर्न लर तरो कुरो होइन अनि फूटबल टुर्नामेन्ट आयोजना गर्नाले हाम्रो नानीहरूले आफ्नो खेल प्रदर्शन गर्ने सुवसर पाँउछ र आयोजक समितिले फूटबल टुर्नामेन्ट आयोजना गर्न अघि स्थानीय टिम र खेलाडीहरुलाई पनि ध्यानमा राख्न अति आवश्यक छ। हाम्रो यहाँ सानो देखि लिएर ठुल ठूलो टुर्नामेन्ट खेल्न पाए मात्रै हाम्रो नानीहरू अघि निस्कन सक्छ तर आयोजक समितिले बाहिर कै टिम मात्रै र बिदेशी खेलाडीलाई मात्रै प्राथमिकता दिए हाम्रा स्थानीय खेलाडीहरु मुर्झाएर जान्छ फलत नानीहरू कुलत तिर लाग्छ। बाहिरको टिम र बिदेशी खेलाडीहरुलाई मात्रै प्रार्थमिकता दिन थाले त्यो टुर्नामेन्ट उदेश्य बिहिन हुन जान्छ र केवल मनोरंजन हुन्छ। हामीले फूटबल टुर्नामेन्ट आयोजना गर्नु को उदेश्य हुन पर्छ स्थानीय खेलाडीहरुलाई मौका दिने। मङपु गोल्ड कपमा यस चोटि केएफसी (KFC) ले मौका पाएन दु:खको कुरो हो किन कि केएफसी ले २०१५ देखि मङ्पु गोल्ड कप खेल्दै आएको हो अनि मलाइ उक्त टुर्नामेन्टको चिफ कोर्डिनेटर पनि २०१५ देखि नै स्वार्गिय एन के बराइली ज्यु ले बनाउनु भएको थियो तै पनि हामीले प्रवेश पाएन हामी दुखित छौं। मङ्पु गोल्ड कप ले सफलताको शिखर चुमोस हाम्रो शुभकामना छ अनि यस्तो हेलचेक्राइ कतै पनि नहोस मेरो सबैलाई बिन्ति छ।
सुरेन प्रधान
कार्यकारी अध्यक्ष, केएफसी











