क्षतिग्रस्त भएको रन्जित तामाङ्गको घरले नयाँ काचुली फेर्ने भयो

IMG_20221014_175159.jpg

“विभागलाई नयाँ घर निर्माण गर्ने निर्देश दिएको छु।” अन्जुल चौहान

दार्जिलिङ: विगत केही दिन अघिको अविरल वर्षाको कारण पहाडको विभिन्न ठाउँहरूमा क्षति भएकाे थियो। यही वर्षाले मगरजोङ्ग निम्न विभाग शंखमान गाउँ निवासी रन्जित तामाङ्गको घर क्षतिग्रस्त भएको थियो। तामाङ्गको घरको घटनाको खबर पाउनसाथ जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान घटना स्थलमा निरीक्षणको निम्ति पुगेका थिए। उनीसंग समष्टिका प्रतिनिधि अनि उक्त प्रशाखाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो। घटना विषय अन्जुल चौहान भने, म घटना स्थलमा पुगे। घर कच्चा रहेछ। अविरल वर्षाको कारण घर पूर्णरूपले क्षतिग्रस्त भएको छ।”

उनले थप भने, “पीडित परिवारलाई केही आर्थिक सहायता दिनु सक्यौं अनि अस्थायी रूपमा उनीहरूको बस्ने प्रबन्ध मिलाएका छौं।”
चौहानले दिनुभएको जानकारी अनुसार उनले सम्बन्धित विभागलाई घटनाको जानकारी गराएका छन्। विभागलाई नयाँ घर निर्माणको प्रक्रिया शुरू गर्नुपर्ने निर्देशन पनि दिएका छन्।

About Author

Advertisement