दोकानमा चोरी बडेको कारण व्यवसायीहरू चिन्तित

17-27-18-98e9317e-3f55-4e69-ad4a-528f1296177e-1024x577.jpg

राजगञ्ज: आज राती जोटियाकालीमा एउटा दोकानमा चोरी भएको छ।सो दोकानको दैलो भत्काएर चोरहरूले चोरी गरेको घटना प्रकाशमा आएको छ। जानकारी अनुसार फुलबाड़ी संलग्न जोटियाकालीमा एउटा भेराइटी स्टोरको दैलो भत्काएर गत राती दोकानमा चोरी गरिएको छ। तथापि चोरहरूले दोकानबाट सर सामानहरू नचोरेको तर बक्सामा राखेको रूपियाँ लिएर चम्पट कसेको बताइएको छ। यस सम्बन्धमा दोकान मालिक मजीबुल अलीले जानकारी दिए अनुसार गत राति दोकानको दैलो भत्काएर चोरहरू भित्र पसेपछि बक्सामा राखेको लगभग १० हजार रूपियाँ चोरेर लगेको छ तर सर-सामानहरू केही लगेनन्। जोटियाकाली इलाकामा हाल चोरीको घटनाहरू भइरहेकोले यसलाई लिएर व्यवसायीहरूले चिन्ता व्यक्त गर्दै इलाकामा रातिको समय गश्ती लगाइदिने पुलिस समक्ष माग गरेको छ।

About Author

Advertisement