फीफा वर्ल्ड कपः मेस्सीलाई गोल्डन बल अनि एम्बाप्पेलाई गोल्डन बूट

IMG-20221219-WA0118.jpg

अर्जेण्टिनालाई ३६ सालपछि फीफा वर्ल्ड कप दिलाएर आफ्नो अधूरो सपना पूरा गर्ने लियोनल मेस्सीले टुर्नामेण्टका सर्वश्रेष्ठ खेलाड़ीको रूपमा गोल्डन बल पुरस्कार जिते। यसरी नै फ्रान्सका दिग्गज स्ट्राईकर कीलियन एम्बाप्पेले सर्वाधिक गोलदाताको रूपमा गोल्डन बूट जिते। यस प्रतिष्ठित टुर्नामेण्टको पहिलो म्याचमै सऊदी अरब विरुद्ध १-२-ले पराजित भएर आलोचनाको शिकार बन्ने अर्जेण्टिनाई टीमलाई अन्तमा च्याम्पियन बनाउनको साथै फाइनलमा एउटा एसिस्टको साथमा २ गोल गर्ने मेस्सी गोल्डन बल पुरस्कारको हकदार बने। अपेक्षाको भारी दबाउबीच आफ्नो सर्वश्रेष्ठ खेल देखाउने मेस्सी वर्ल्ड कपको गरेक ग्रुप म्याच र नक्आउट म्याचमा गोल गर्ने पहिलो खेलाड़ी बने। यसको साथै उनी सर्वाधिक २६ वटा वर्ल्ड कप म्याच खेल्ने खेलाड़ी पनि बने।

फाइनलको पेनल्टी शूटआउटमा दुईवटा शेभ गर्नको साथै पूरा टुर्नामेण्टमा अर्जेण्टिनाको निम्ति भित्ता बनेर उभिने एमिलियानो मार्टिनेजले सर्वश्रेष्ठ गोलकीपरको रूपमा गोल्डन ग्लभ्स पुरस्कार जिते। यसरी नै अर्जेण्टिनाका एञ्जो फर्नाण्डेजले सर्वश्रेष्ठ उदीयमान खेलाड़ीको पुरस्कार जिते। यसरी नै फाइनलमा फ्रान्सको निम्ति यादगार ह्याट्रिक गर्ने एम्बाप्पेले गोल्डन बूट जिते। पेरिस सेण्ट जर्मेनका यस स्ट्राईकरले पूरा टुर्नामेण्टमा जम्मा ८ गोल गरे। यस सूचीमा पनि मेस्सी ७ गोलको साथ दोस्रो स्थानमा रहे।

About Author

Advertisement