हेभन्स ग्लोरी नर्सरी स्कूल र बतासिया खेलकुद संघ (अप्पर बतासिया) -को संयुक्त आयोजनमा जारी स्वास्तिका तामाङ स्मृति गर्ल्स फूटबल टुर्नामेण्टमा बतासियन एफसी र सिमाना एफसी-ले फाइनलमा स्थान बनायो। मानेभञ्ज्यांग नजिक बतासिया खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा बतासियन एफसी- ले लकी सेभेनलाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो सेमिफाइनलमा सिमाना एफसी- ले खरसाङ एफसी- लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। गर्ल्स टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ८ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै बोइज टुर्नामेण्टमा भीर गाउँ वेलफेयर एसोसिएशन र लंगुरदांग एफसी-ले फाइनलमा स्थान बनायो।

सेमिफाइलमा लंगुरदांग एफसी-ले सिंगबोंग डाँड़ालाई १-०-ले पराजित गऱ्यो। यसरी नै भीर गाउँ वेलफेयर एसोसिएशनले वाईएससी रांगभांगलाई ५-१-ले पराजित गऱ्यो। यस सिक्स ए साइड बोइज टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। दुवै टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा खेलिनेछ।











