गोरुबथान(निस): सन्त फ्रान्सिस अशिशी विद्यालय एक निजि विद्यालय हो।यस विद्यालयको वार्षिक खेलकुद समारोह पान डाडा खेल मैदानमा समपन्न भयो।मुख्य अतिथीको आसनमा गोरुबथान थाना प्रभारी सौरभ घोषले सलामी ग्रहण गरेर शुरु गरिएको यस कार्यक्रममा विभिन्न किसिमका खेलकुदहरु नानीहरुको लागि समावेस गरिएको थियो। सय मिटर, दुइ सय मिटर दौड, चेरियट रेस, फ्रक जम्प, सेक रेस, कार्ड वोर्ड रेस, अब्सटेकल रेस आदि रहेको थियो। कार्यक्रममा विद्यालयका संस्थापक जोन ब्रिटो बेनर्जीले स्वागत भाषण राखेका थिए भने विद्यालयका शिक्षिकाद्वय साक्षी रेचल बेनर्जी र इरादा सुब्बाले कार्यक्रम सन्चालन गरेकी थिइन। यस प्रतिस्पर्धामा प्रथम ,द्वितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थीगणलाई विद्यालयको शिक्षक/शिक्षिका गणको बाहुलीबाट मेडल लगाइ सर्टिफिकेट प्रदान गरियो।










