कोलकाताः पश्चिम बंगालमा बिहानदेखि जनजातीय संगठनहरू (यूनाइटेड फोरम अफ अल आदिवासी अर्गनाइजेशन) को राज्यव्यापी हड़तालको प्रभाव देखिन थालेका छन्। यी संगठनहरूले एससी एसटी सूचीमा सामेल गर्नुपर्ने माग गर्दै आज बंगाल बन्द डाकेका छन्।
जंगलमहल, बांकुड़ा, पुरुलिया, झाड़ग्राम, मेदनीपुरका क्षेत्रहरूमा बन्द समर्थकहरू सड़कमा आएका छन्। वाहनहरूको आवागमन ठप्प छ। बजारहरू पनि बन्द छन्। २५ जनजाति संगठनहरूले बन्दको समर्थन गरेका छन्। यी क्षेत्रहरूमा राष्ट्रिय राजमार्ग, राज्य राजमार्ग र रेलवे लाइनहरूमा प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। केही ठाउॅंहरूमा ट्रेनहरूको आवागमन पनि प्रभावित बनेका छन्।
-हिस










