जेलमा एचआईभी सचेतना

42241abd-d222-4eca-bf72-71ee345647f8

कालचिनीः जलपाईगढ़ी संसोधानागर गृहमा रहेका कैदीहरूमाझ एचआईभी सचेतना शिविरको आयोजना जलपाईगढ़ी केन्द्रिय संसोधानागर गृह विभागले गरेको थियो। मूलतः एचआईभी, टीबी र हेपाटाइटिस रोगहरूको नियन्त्रण गर्नलाई स्वास्थ्य विभागले पहल गरिरहेको क्रममा जलपाईगढ़ी केन्द्रिय संसोधानागर गृहमा रहेका केदीहरूलाई सचेत गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको थियो भने निःशुल्क रक्त जाँच पनि गरिएको थियो।
यसै अवसरमा कालचिनीबाट गएका आर्ट अफ लिभिङ वाईएलटीपीको सांस्कृतिक टोलीले एचआईभी बारेमा नाटक पनि प्रदर्शन गरेको थियो। वाईएलटीपी टोलीका प्रमुख आजाद भुजेलले जेल प्रशासनको निमन्त्रणा र अलिपुरद्वार तथ्य औ संस्कृति विभागको निर्देशमा नाटक मार्फत सचेतना गराईएको जनाएका छन्।

About Author

Advertisement