तृणमूलद्वारा भाजपा विरुद्ध विभिन्न अभियान जारी

7f9618fa-f0ce-45ef-853f-de11ba008ffd

अलिपुरद्वारः सत्तारूढ़ दल तृणमूलले केन्द्रको भाजपा सरकार र भाजपा सांसद अनि विधायकहरू विरुद्ध लगातार विभिन्न कार्यक्रम मार्फत विरोध ऱ्याली अनि सभा जारी राखेको छ। बिहीबार यसै क्रममा तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट कालचिनीमा भाजपा सांसद सुशील मोदीले कोचबिहारको राजशाही परिवार विरुद्ध बोलेको बयानलाई आधार बनाएर आज सांसद सुशील मोदीको विरोध साथै अलिपरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला विरुद्ध ऱ्याली र पथसभा सम्पन्न गऱ्यो।
यसै क्रममा नै सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले गत २९ जुनको दिन बन्दे भारत एक्सप्रेसको स्वागत‌ कार्यक्रममा राष्ट्रिय तिरङ्गा झण्डाको अपमान गरेको भन्दै बिहीबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकद्वारा हस्ताक्षरित प्राथमिकी अलिपरद्वार थानामा दर्ता गरीएको जानकारी तृणमूल अलिपुरद्वार जिल्ला महासचिव भाष्कर मजुमदारले दिएका छन्।
एकजना जिम्मेदार सांसद तथा केन्द्रिय मन्त्री भएर देशको राष्ट्रिय झण्डाको अपमान गरेकोले तिनी विरुद्ध देशद्रोही मामिला दर्ता गरीएको जिल्ला तृणमूल सुत्रले जनाएका छन्।
यता भाजपा सुत्रले तृणमूलले आगामी पञ्चायत चुनाउमा हारको सामना गर्नु पर्ने भएकोले बगम्फुसे राजनैतिक नौटङ्की शुरु गरेको बताएका छन्। न त कोचबिहार राज परिवार सम्बन्धमा केही आपत्तिजनक टिप्पणी भनिएको न नै राष्ट्रिय झण्डाको अपमान कसैले गरेको छ यो सबै चुनावी स्टन्ट मात्र रहेको भाजपा सुत्रले जानकारी गराएका छन्।

About Author

Advertisement