प्रीमियर लीगःम्यानचेष्टर सिटीमाथि दबाउ कायम राख्यो आर्सनलले

IMG-20230508-WA0115.jpg

८ मईः ईंग्लिश प्रीमियर लीगमा खिताब जित्ने होड़ रोचक बनेको छ अनि आर्सनलले न्यूक्यासल विरुद्ध जीतको साथ म्यानचेष्टर सिटीमाथि दबाउ कायम राख्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले न्यूक्यासल विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। न्यूक्यासलको होम ग्राउण्ड सेण्ट जेम्स पार्कमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट मार्टिन ओडेगार्डले १४औं मिनटमा गोलको खाता खोले। त्यसपछि होम टीमका खेलाड़ी फेबिअन स्चरले ७१औं मिनटमा आत्मघाती गोल गर्दा आर्सनल २-०-ले विजयी भयो। यस जीतपछि आर्सनल ३५ वटा म्याचमा ८१ पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। अहिले शीर्ष स्थानमा रहने म्यानचेष्टर सिटीसँग आर्सनलभन्दा केवल १ पोइण्ट अधिक रहेको छ। सिटीले एउटा म्याच चाहिँ कम्ती खेलेको।

यसरी न्यूक्यासल ३४ वटा म्याचमा ६५ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ वेष्ट ह्याम विरुद्ध ०-१-ले अप्रत्याशित हारको सामना गर्नु पऱ्यो। म्यानचेष्टर युनाइटेडको यस हारमा टीमका गोलकीपर डाविड डी गिआको महत्त्वपूर्ण योगदार रह्यो। वेष्ट ह्यामका स्ट्राईकर सईद बेनरहमाले २७औं मिनटमा होम टीमलाई म्याचको एकमात्र गोल दिलाए। म्यानचेष्टर युनाइटेडका स्टार स्पेनिश गोलकीपरको फ्यातुलो प्रयासले गर्दा वेष्ट ह्यामले गोल हासिल गऱ्यो। यसरी लगातार दोस्रो म्याचमा पराजित हुने म्यानचेष्टर युनाइटेड ३४ वटा म्याचमा ६३ पोइण्टको साथ चौथो स्थानमा रहन पुग्यो। यसरी वेष्ट ह्याम ३५ वटा म्याचमा ३७ पोइण्टको साथ १५औं स्थानमा रहेको छ।

About Author

Advertisement