अण्डर-१७ फूटबलः सीएनएफए, मिलनमोड़ प्री क्वार्टर फाइनलमा

IMG-20230508-WA0101.jpg

८ मईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आइतवारदेखि अण्डर-१७ फूटबल टुर्नामेण्ट शुरु भयो। टुर्नामेण्टको उद्घाटन म्याचमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए), मिलनमोड़ले धजिया बालासन टोलालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल राहुल छेत्रीले गरे। उनले म्याचको १५औं र ३९औं मिनटमा गोल गरे। यसरी धजिया बालासन टोलाबाट आर्यन तामाङले २५औं मिनटमा गोल गरे। राहुल छेत्रीले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement