प्राकृतिक चिकित्सा दिवसको अवसरमा खरसाङमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने

474ed401-14cb-4084-89f9-2137ecd9ee87

खरसाङ: सञ्जीवनी नेत्रोप्याथी अनि आयुर्वेदा सेन्टरद्वारा खरसाङ आरएसएस शाखाको संयुक्त आयोजनामा खरसाङमा पहिलोपटक नवौं प्राकृतिक चिकित्सा दिवसको अवसरमा २२ नोभेम्बर आईतवारको दिन नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने भएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविर खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न हुने भएको छ। यस विषयमा आज प्रेस क्लब अफ् खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर आयोजक समितिको तर्फबाट जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महेस छेत्री, डा प्रशनजीत दास र रमेश प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्। यस निःशुल्क स्वास्थ्य शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डा प्रशनजीत दासले नवौं प्राकृतिक चिकित्सा दिवसको अवसरमा खरसाङमा पहिलोपटक नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना भईरहेको बताए। उनले यस शिविरमा मुख्य रुपमा प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचार सिकाइने जानकारी गराएका छन्।‌ उनले यस स्वास्थ्य शिविरमा आयुर्वेदिक डा विभा मिश्र, डा अजयकुमार तिर्की, दाँतको दुईजना र पशुको डाक्टर पनि उपस्थित रहने भएको छ भने यस शिविरमा रक्त जाँच पनि गरिने भएको जानकारी गराएका छन्। यसको साथै यस शिविरमा मुख्य अतिथिको रुपमा रानीडाँगा एसएसबीका डीआईजी एके सिंह लगायत खरसाङ महकुमा शासक, विधायक लगायत अन्यहरु उपस्थित रहने जानकारी गराएका छन्। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा खरसाङमा जनसाधारणलाई आयोजक समितिको तर्फबाट उपस्थित भईदिने अनुरोध गरिएको छ।

About Author

Advertisement