खरसाङ: छुट्टै राज्य गोर्खाल्याण्डको मागबाट जनताको ध्यान हटाउन सामाजिक सञ्जालहरूमा विभिन्न स्टण्डहरू भइरहेको खरसाङको सामी लाखाङ गुम्बाका बौद्ध धर्मगुरु एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेता पेम्बा रिम्पोर्छेले आरोप लगाएका छन्। उनले एउटा भिडियो जारी गर्दै भनेका छन्, आज गोर्खाको मुद्दा अलग राज्यबाट ध्यान हटाउनको लागि कार्य भइरहेको छ। जनताको ध्यान भट्काउनलाई सामाजिक सञ्जालहरूमा बाकारको कुराहरू प्रचार गरिन्दैछ। उनले अघि भने, आफ्नो जाति, संस्कृति बचाउनको लागि एउटा एमपीले सिलगढीमा कार्यक्रम आयोजना गर्न गाउँछन्। आज दार्जीलिङ पहाड़मा हाम्रा नानीहरूले देउसी भैलो खेल्दा कागजमा लेखेर ल्याएको हेरेर भट्याउने गर्छन्। उनले आरोप लगाउँदै कसैलाई इङ्गित गर्दै भने, हाम्रा धर्म संस्कृतिका दलालहरूको कारण हाम्रा नानीहरूले देउसी-भैलो खेल्नै छोड़िसके। धार्मिक दलालहरूको कारण हाम्रो मान्छे अन्योलमा परेका छन् । गोर्खाल्याण्डबाट ध्यान हटाउन हाम्रो मान्छेलाई सुराएर विभिन्न कार्य गराउन लगाउने कार्य भइरहेको छ। उनले अझ भने, मुख्य कुरो जीटीए मरेको लाश हो, यो रद्द हुनु पर्ने हो, भारत सरकारले जीटीए रद्द गर्छु भनिसकेको छ। अहिलेको समयमा एमपी भनेको हाम्रो लागि भारत सरकार हो। अहिलेलाई हामी एमपीसम्म पुग्न सक्छौं, अहिलेलाई त्यहाँ भन्दा माथि जाने हाम्रो लागि जग्गा छैन। जीटीए मरेको लाशा भइसकेपछि गठबन्धन दलका शीर्ष नेताहरूले पनि जीटीएको सभासद पदबाट राजीनामा दिएकाहरू सभासद्हरू सत्य हुन्, उनीहरूले राम्रो काम गरे भनेर भनिसकेका छन्। जसले पानीको पैसा चोरे, भ्रष्टचार गरे उनीहरू चाही नअघाएको जुका जस्तो भएर फेरि अहिले भारतीय जनता पार्टीका भएर जीटीएमा टाँसिएका छन्। उनीहरूले चाँड़ौ भन्दा चाँड़ों राजीनामा दिनपर्छ भनेर भाजपाको गठबन्धन दलका नेताहरूले भनिरहेका छन्। यो कुरोमा मुख्य रुपले ध्यान दिन पर्ने हो। गठबन्धन दलका नेताहरूले बोलेका यो कुरो अहिलेको समय सापेक्ष र सत्य कुरो हो। जीटीए सभासदहरूले राजीनामा दिन पर्ने हो। यहाँ जनतालाई भुल्याउने होइन, कसले देउसी खेले, कसले पैसा उठाए भन्ने कुरो होइन। पैसा उठाए होलान्, हामीले पनि पैसा दिएकै हौं। यी सबै कुरोमा हामीले ध्यान राखेर भूभुलिने होइन। यो समय हामीले ध्यान दिन पर्ने कुरो भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो।’





