वेलिंगटन: भारतले यशस्वी जयसवाल र केएल राहुलको अर्द्धशतकको सहायताले न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा असल शुरुवात गऱ्यो। शुक्रवार म्याचको दोस्रो दिन न्यूजील्याण्डको पहिलो ईनिंग्स ३६८ रनमा समेटेपछि भारतले असल शुरुवात गर्दै म्याचमा पुनरागमन गऱ्यो। न्यूजील्याण्डको तर्फबाट हेनरी निकोल्स (अविजित १७५ रन)-को साथमा ग्लेन पिलिप्स (११८ रन)-ले शतक बनाए। दोस्रो दिनको खेल समाप्त हुँदासम्म भारतले आफ्नो पहिलो ईनिंग्समा १ विकेट गुमाएर १५९ रन बनायो। खेल समाप्त हुँदासम्म केएल राहुल ५२ रन र देवदत्त पडिक्कल १६ रनमा अविजित रहे। राहुलले ११६ बल खेलेर ५ वटा चौका लगाएका छन्। भारत अहिले पनि पहिलो ईनिंग्सको आधारमा न्यूजील्याण्डभन्दा २०९ रन पछि रहेको छ। भारतको तर्फबाट आज राहुलको साथमा उनका साथी ओपनर यशस्वी जयसवालले पनि अर्द्धशतक (८५ रन) बनाए। जयसवालले ८९ बलको सामना गरी १६ वटा चौका लगाए। भारतको पहिलो ईनिंग्समा जयसवाल र राहुलले असल शुरुवात गरे। यी दुईजनाले पहिलो विकेटको निम्ति १३० रनको साझेदारी गरे। शतकको दिशामा अग्रसर जयसवाल ईनिंग्सको २८औं ओभरमा म्याट हेनरीको शिकार बने। जयसवाल आउट भएपछि राहुल र पडिक्कलले मिलेर दिनको अन्तसम्म भारतलाई थप नोक्सानको सम्मुखीन हुनदेखि बचाए। यसअघि पहिलो दिनको स्कोर ५ विकेटमा २४३ रनदेखि अघि खेल्दै आज न्यूजील्याण्डले १२५ रन थपेर रहल ५ विकेट गुमायो। बिहीवार ९४ रनमा अविजित रहने फिलिप्सले आज आफ्नो शतक पूरा गरे। उनले २१६ बल खेलेर १४ वटा चौकाको सहायताले ११८ रन बनाए। आकाश दीपले उनलाई आउट गरी आज भारतलाई पहिलो सफलता दिलाए। फिलिप्स र निकोल्सले मिलेर छैटौं विकेटको निम्ति २१६ रनको साझेदारी गरे। फिलिप्स आउट भएपछि निकोल्सले एक प्रान्तमा लगातार रन बनाए पनि अर्को प्रान्तमा न्यूजील्याण्डले लगातार विकेट गुमायो। यसैकारण न्यूजील्याण्ड ३६८ रन बनाएर अलआउट भयो। निकोल्स १७५ रनमा अविजित रहे। उनले ३३५ बल खेलेर २१ वटा चौका लगाए। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ४,आकाश दीपले ३ र अंशुल कम्बोजले २ विकेट लिए।





