नेपाली संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यको साथमा मंगर संघको देऊसी कार्यक्रम

723ec244-ddf0-4b20-a5ed-363b8292eff0

खरसाङ: नेपाली संस्कृति संरक्षण, मंगा जातिको संस्कार र परम्पराको जगेरा गर्ने उद्देश्यको साथमा मगर संघ भारत खरसाङ शहरिया समितिको आयोजनामा वार्षिक रूपमा आयोजना गरिने देऊसी कार्यक्रम शुक्रबार खरसाङको भिक्टोरियामा सम्पन्न भएको छ। उक्त देउसी कार्यक्रम प्रताप थापा र संगम थापाको प्रांगण र संयोजकत्वमा सम्पन्न भएको छ‌। मगर वापाहरु क्रमशः शान्ता थापा र रतन थापाको बाहुलीबाट मादलको पूजा अर्चना साथै कन्या केटीको तर्फबाट टिका लगाएर साथै सामुहिक पूजा गरी उक्त देऊसी कार्यक्रम शुरु गरिएको थियो। सांस्कृतिक र सांगीतिक बाजा मादलको घन्काईको साथमा मगरहरुको देऊसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देऊसी मगर संघ भारत खरसाङ शहरिया समितिको सचिव हेमन्त थापा र शशि थापाको अगुवाईमा सम्पन्न भएको छ। उक्त देऊसी कार्यक्रमलाई पारसचन्द्र आले र प्रताप थापा मगरले सञ्चालन गरेका थिए। देऊसी कार्यक्रम तिहार सकेर साथै एकादशीको दिन समापन हुने भएकोले मगर संघ भारत खरसाङ शहरिया समितिको आयोजनामा एकादशीको दिन उक्त देऊसी कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा मगरहरुले देऊसी खेल्दा देउसुरेको बदलामा सिङ्लाम सिङ्लाम भन्ने चलन रहेको छ। यस देउसी कार्यक्रममा मगर संघ भारतको केन्द्रीय उपाध्यक्ष अवकाशप्राप्त कप्तान आईडी थापा, केन्द्रीय सदस्य अन्तु थापा, खरसाङ शहर समितिको सभापति पुरण थापा, महासचिव हेमन्त थापा, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यस देऊसी कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मगर संघ भारत खरसाङ शहरिया समितिको सभापति पुरण थापा र महासचिव हेमन्त थापा र प्रताप थापाले विस्तृत रुपमा जानकारी गराएका छन्। तीनैजनाले मगर संघ भारत खरसाङ शहरिया समितिको आयोजनामा वार्षिक रुपमा देऊसी कार्यक्रमको आयोजना गरिने र यसपाली पनि देऊसी कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। यसको साथै देऊसी कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् भने विशेष गरेर देऊसी कार्यक्रमको संयोजक तथा प्रांगणकर्ता प्रताप थापाोप्रति आभार प्रकट गरिएको छ।

About Author

Advertisement