अन्तर कार्यालय टी-१० लीग कम नक आउट क्रिकेट प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा

89aa1b2b-89d2-4fd2-88bc-c5310dc98598

खरसाङ: यसै नोभेम्बर महिनाको अन्तिम सातादेखि शुरु हुन गईरहेको अन्तर कार्यालय टी-१० लीग कम नक आउट क्रिकेट प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकुद संघको सभा संघ कार्यालयमा कार्यकारी अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा विशेष रुपले गत वर्ष सम्पन्न अन्तर कार्यालय टी-१० लिग कम नक आउट क्रिकेटमा के कस्तो कमजोरीहरु रहेको थियो अनि ती कमजोरीहरुलाई कसरी सुधार्न सकिन्छ, त्यसबारे चर्चा गरियो। सभामा सचिव निर्मल गुरुङले वर्तमान कोषाध्यक्ष राजेन लामालाई सहयोग गर्न अर्पण गुरुङलाई सह कोषाध्यक्षको रुपमा राख्न पर्ने प्रस्ताव राखे भने सभाले सर्वसम्मतिको साथ यस प्रस्तावलाई स्वीकार गर्दै अर्पण गुरुङलाई नयाँ सह कोषाध्यक्ष बनेकोमा बधाई पनि दिए। यसको साथै सभामा शहीद स्वर्ण कप फुटबल प्रतियोगिता विषय पनि चर्चा गरियो र सबै कुरोको प्रबन्ध मिले संघले अर्को सभामा यसबारे औपचारिक जानकारी गराउने पनि सचिव गुरुङले बताए। अन्तर कार्यालय टी-१० लीग कम नक आउट क्रिकेटको फिक्चर आगामी २२ नोभेम्बरको दिन संघकै कार्यालयमा सबै भाग लिईरहेका कार्यालयहरुका प्रतिनिधिहरुको उपस्थितिमा चिट्ठाद्वारा गरिने भएको छ। अन्तमा संघका कार्यकारी अध्यक्ष मोहन योञ्जनले धन्यबाद दिँदै संधै नै यसरी संघद्वारा आयोजित हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा सक्रिय रुपमा भाग लिने अपिल पनि गरे। अन्त्यमा संघका सचिव निर्मल गुरुङले आजको सभाबारे पत्रकारहरुलाई सम्बोधन गर्दै सभा बारे बिस्तृत जानकारी दिएका छन्।

About Author

Advertisement