प्रधानमन्त्री आवास योजना लगायत विभिन्न मागमा गोजमुमोद्वारा ग्राम पञ्चायतमा ज्ञापन पत्र

b855a3f1-4c59-40c6-a3b3-9ce4844f7ddb

सोनादा:: गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको विशेष पहलमा सुखे खण्ड विकास कार्यालय अन्तर्गत गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत कार्यालय अनि सम्बन्धित विभागीय प्रभारीलाई भेटनुको साथै ज्ञापन पत्र चढ़ाएका छन्। यस अभियानको क्रममा गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत कार्यालयका पञ्चायत प्रधान, उप प्रधान अनि कार्यकारी सहायक, सचिवसित सौहादपपूर्ण भेट गरेर ज्ञापन पत्र बुझाएका छन्। यस भेटको क्रमा विभिन्न विषयहरुमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्री आवास योजना अन्तर्गत जो घर निमार्णको प्रावधन छ त्यो सही अनि निमुखा जनताले पाएको हुनुपर्छ भन्ने माग गरिएको छ। यसको साथै केन्द्र अनि राज्य सरकारको योजनहरू प्रत्येक गाउँ अनि ग्रामवासीमा पारदर्शिताको साथमा लागु हुनुपर्छ भन्ने माग गरिएको छ। विगत तीन सालदेखि जो योजनाहरु भएको छ त्यस योजनाहरुको विवरण हामी समक्ष दिनुपर्छ भन्ने मांग गरिएको छ। यसको साथै वार्षिक संसद सभा, ग्राम सभामा वार्ड, वार्डको ग्रामवासी अनि प्रतिनिधिहरुलाई जानकारी हुनपर्छ भनी माग गरिएको छ। गोजमुमो पार्टीको तर्फबाट ७ जना प्रतिनिधि अनि सदस्यहरु पञ्चायत कार्यालयसँग सम्बन्धित साथै कार्यहरूको अवलोकन हेतु चयन गरिएको छ। यस भेटको क्रममा अति सकरात्मक रहेको बताइएको छ। यस कार्यमा गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टि सभापति शंकर तामाङले प्रतिनिधित्व गरेका थिए भने समष्टि प्रतिनिधि श्यामवीर राई, जगत घले, नारी मोर्चा सभापति साथै पार्टी प्रतिनिधिहरु उपस्थित थिए भनी गोर्खा जनमुक्ती मोर्चा सोनादा पचेङ समष्टि प्रचार-प्रसार सचिव रमेश राईले जानकारी दिएका छन्।

About Author

Advertisement