खरसाङको ‎स्कट्स मिशन विद्यालयमा भाजपा टोलीद्वारा खेल‌ मैदान विषयमा भेटघाट‎‎

d89e45e2-ecdd-4467-bb64-5546c09e371f

खरसाङ: ‎खरसाङ शहरको धेरै पुरानो विद्यालय स्कट्स मिशन विद्यालयमा आज खरसाङका एक भाजपा टोलीले शिष्टाचार भेट गरेका छन्। जसमा भाजपा जिल्ला अध्ययन केन्द्रबाट डा. कमल भुजेल, मण्डल दुईका अल्पसंख्यक अध्यक्ष प्रीतम सुब्बा, जिल्ला युवा कन्भेनर सुमन प्रधान, मण्डल ११ का सचिव मौसम प्रधान, मिडिया प्रभारी दीपा गोले अनि सत्यम छेत्रीको टोलीले विद्यालयका प्रधानाध्यापिकासित सौहार्दपूर्ण भेट गरेर हालको स्थितिबारे जानकारी लिएका छन्। ‎स्कट्स मिशन विद्यालयको आफ्नो खेल मैदान नभएकाले विद्यार्थीहरूले धेरै समस्याहरू भोग्न परिरहेका थिएँ। यस पूर्व सरकारबाट पनि कुनै सकारात्मक पहल हुन नसकेकाले समस्या अझै बढेर गइरहेको थियो। यसै क्रममा स्कट्स मिशन विद्यालयलाई खरसाङ नगरपालिकाका प्राथमिक विद्यालयको खेल मैदान प्रयोग गर्नका लागि यस टोलीले महकुमा शासक अनि नगरपालिकासित समन्वय गरेर अनुमति प्राप्त गराइएको छ।ब‎अब उसो विद्यालयले नगरपालिकाको खेल मैदान प्रयोग गर्न सक्ने भएको छ।‎उक्त अनुमति प्रदान गरिदिएकोमा भाजपा टोलीले महकुमा शासक अनि नगरपालिका प्रशासनप्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement