प्रतिबन्धित कफ सिरप उद्धार

7ca4270b-4053-4df5-97c7-d5ed2c168f3d


वीरपाडा-
आज दिउँसो वीरपाडा फालाकाटा रोडमा सवारी साधनबाट प्रहरीले प्रतिबन्धित कफ सिरप ४८० बोतल बरामद गरेको छ| गाडीसहित तीन तस्करलाई पनि पक्राउ गरिएको छ| पक्राउ परेका विश्वजित बर्मन, गौराङ्गा बर्मन र सुरजित बर्मन कुचबिहारको खगराबारीका बासिन्दा हुन्| पक्राउ परेका विरुद्ध एनडीपीएस अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको वीरपाडा थाना सूत्रले बताएको छ|
पुलिस सुत्रका अनुसार वीरपाडामा प्रतिबन्धित कफ सिरप ल्याएको सूचना पाएपछि त्यस क्षेत्रमा तलासी गरिएको थियो| गाडी रोकेर सामानको डिब्बा हटाइएपछि कफ सिरपका बोतलहरू भेटिएको थियो|

About Author

Advertisement