नव जागरण च्यालेञ्ज ट्रफीः जंक्शन स्टार र मिरिक कलेज क्वार्टर फाइनलमा

IMG_20221013_183720.jpg

१३ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा जंक्शन स्टार सिलगढ़ीले फूलबारी एफसी-लाई २-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मिरिक कलेजले एसएम मरमाहलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब बिहीवार खेलिने एकमात्र प्री-क्वार्टर फाइनल म्याचमा लोहागढ़ एफसी र मौसमी स्पोर्टस, नेपालबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement