कालचिनी – दलसिंहपाड़ा जटु लाईन संलग्न तोर्षा नदीको बगरबाट आज एउटा अज्ञात शव स्थानीय बासिन्दाहरूले देखेपछि क्षेत्रमा सनसनी मच्चिएको थियो। घटनाको जानकारी पाएर जयगाउँ थानाको पुलिसबल घटनास्थलमा पुगेर उक्त शवलाई उद्धार गरेको थियो।
शवको परिचय खोल्न नसकिएकोले पुलिसले यसको जाँच चलाईरहेको बताएका छन। पुलिस सुत्रले बताए अनुसार शवलाई हेर्दा कुनै चोटपटकको निसान नभेटिएको र यो अनुमानिक ४० बर्षको युवक रहेको तर परिचय नखोलिएको जनाएका छन।
शवलाई पोस्टमार्टमको निम्ति भोलि अलिपुरद्वार जिल्ला अस्पताल पठाईने जनाएका छन।










