सिलगढी: सिलगढी डिभिजनको फणीदेवा खण्डको भारत-बंगलादेश सीमानामा रहेको धनिया मोर क्षेत्रमा अवैध रूपमा भारत प्रवेश गदै गरेको बेला स्थानीय मानिसहरुले एक बंगलादेशी युवालाई पक्रे। पक्राउ गरेर उनीहरुले सोझै बिएसएफलाई जिम्मा दिए।त्यस बंगलादेशी युवाकोबाट एउटा मोबाइल फोन र लागुऔषध ट्याब्लेट बरामद गरिएको छ। बीएसएफका अधिकारीहरूले बंगलादेशबाट काँडेतारको बार पार गरेर युवा कसरी भारत प्रवेश गरे भन्ने विषयमा अनुसन्धान सुरु गरेका छन्।











