खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङकोे पञ्जीकरण गरिएको छ।खरसाङ वरिपरि दिनहुँ श्रम गरेर आफ्नाे जीविका चलाउने श्रमिकहरुलाई कार्य क्षेत्रमा भोग्नु परिरहेका समस्या समाधान हेतु भागोप्रमो टाउन कमिटीकोे अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा केन्द्रीय अध्यक्ष अनित थापासँग भेटघाट गरेपछि उनले सहयोग पुऱ्याउँदै पञ्जिकरण गराई दिने वचन दिए बमोजिम पहल गर्दै टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले खरसाङ भागोप्रमो महकुमा कार्यालयमा महकुमा समितिका अध्यक्ष प्रणाम रसाईली, टाउन कमिटीका उपाध्यक्ष सन्तोष परि तथा सचिव राजु सेवाको विशेष उपस्थितिमा पञ्जीकरण प्रमाण पत्र हस्तान्तरण गरिएको छ।

प्रथममा टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले सञ्चालन गर्दै पञ्जिकरण संस्थाकाे महत्त्व तथा पञ्जीकृत संस्थालाई लाग्ने सर सामानकाे जानकारी दिँदै श्रमिक संगठनका अध्यक्ष सरण विश्वकर्मा अनि सचिवलाई महकुमा समितिका अध्यक्ष प्रणाम रसाईलीकोे बाहुलीबाट हस्तान्तरण गरिएको छ।





