पोल्ट्री फार्मिङमाथि आयोजित प्रशिक्षणको समापन

IMG-20250219-WA0254

गान्तोक: सोरेङ जिल्ला प्रशासनिक केन्द्र र पशुपालन तथा पशु चिकित्सा सेवाको संयुक्त पहलमा पोल्ट्री फार्मिङमाथि आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन भयो। कर्फेक्टारको एसआइआरडीमा आयोजित प्रशिक्षण कार्यक्रममा माबोङ, गेलिङ, बैगुने, सामसिङ र जुम ग्राम पञ्चायत यूनिटका कूल तीनसय जनाले सहभागिता जनाएका थिए। तीन दिवसयी यस प्रशिक्षण कार्यक्रममा प्रतिदिन एक सय जनाले सहभागिता जनाएका थिए। उदघाटन कार्यक्रममा बैगुनेका खण्ड विकास अधिकारी प्रमिला गुरूङ रहेकी थिइन्। उनले यस योजनाको महत्त्व र सहभागीहरूका लागि यसको लाभमाथि प्रकाश पारिन्। कार्यक्रममा सम्बन्धित जीपीयूका पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो।तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कुखुरापालनको निम्ति विभिन्न पक्षबारे जानकारी गराइयो। तीन दिवसीय समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित एडीडीओ अम्बिका प्रधानले यस प्रकारको प्रशिक्षण कार्यक्रमले क्षेत्रका कुखुरापालकहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने, कुखुरापालन उद्योगको समग्र विकासमा योगदान पुर्यारउने र लाभार्थीहरूको लागि दिगो जीविकोपार्जन सुनिश्चित गर्ने दिशामा टेवा पुग्न सक्ने मन्तव्य प्रकट गरिन्।

About Author

Advertisement