हर्षित राणा नभएर अर्शदीपलाई खेलाउने पोण्टिंगको सल्लाह

IMG-20250219-WA0241

दुबई: अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोण्टिंगले च्याम्पियन्स ट्रफीमा बंग्लादेशविरुद्ध म्याचको निम्ति भारतीय टीममा हर्षित राणाको स्थानमा अर्शदीप सिंहलाई खेलाउने परामर्श दिएका छन्। भारत यस प्रतिष्ठित टुर्नामेण्टमा आफ्नो प्रमुख पेस बलर जसप्रीत बुमराह बिना ओर्लिरहेको छ, जो चोटले गर्दा टीमबाट बाहिर भएका छन्। बुमराहको स्थानमा हर्षित राणालाई चयन गरिएको छ, जसले ईंग्ल्याण्डविरुद्ध घरेलु सीरीजमा असल प्रदर्शन गरेका थिए। पोण्टिंगले भने, म देब्रे हातका पेस बलरलाई चयन गर्नेछु। म (बुमराहको स्थानमा) अर्शदीपलाई आफ्नो टीममा राख्न चाहनेछु। टी२० क्रिकेटमा उनी कतिको प्रभावशाली छन् भन्ने हामी सबैले देखिसकेका छौं। यसबाहेक बुमराह झैं नयाँ बल र डेथ ओभरमा बलिंग गर्ने कौशल पनि उनमा रहेको छ। भारतलाई बुमराहको कमी अवश्यै अनुभव हुनेछ। मैले अर्शदीपलाई रोज्नुको मतलब हर्षितलाई कम्ती देखाएको चाहिँ होइन। हर्षित पनि प्रतिभाशाली छन् अनि नयाँ बलको साथ विकेट लिन सक्छन् तर डेथ ओभरहरूमा उनी अर्शदीप जति कुशल छन् जस्तो मलाई लाग्दैन।
अष्ट्रेलियाका पूर्व कप्तानले भने, यसबाहेक अन्तिम एकादशमा देब्रे हातका पेस बलर रहनु जरूरी हुन्छ। देब्रे हातका पेस बलर रहँदा आक्रमणलाई विविधता प्राप्त हुन्छ। नयाँ बलको जिम्मेवारी लिएर बललाई मूभ गराउन सक्ने पेस बलरले म्याचको रंग बद्लिन सक्छन्। विशेषगरी विपक्षी टीममा दाहिने हातका ब्याटरहरू अधिक हुँदा देब्रे हातका पेस बलर उपयोगी साबित हुन्छ। भारतीय टीमको चयन गर्ने अधिकार मसँग रहे, म यही सोचको साथ अघि बढ़्ने थिएँ।

About Author

Advertisement