अरुणाचल: नामचिक कोयला खानी लिलामीको बिरूद्ध विरोध प्रदर्शन

IMG-20250219-WA0196

ईटानगर: नामचिक पूर्व र पश्चिम कोइला खानी लिलामीको आयोजनाको विरोधमा चांगलांग जिल्लाको खरसाङ क्षेत्रमा हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन्।
लॉंगटॉम-१ र २, पाँचुन र इन्जिन गाउँका मानिसहरु एकै ठाउँमा भेला भएर सडकमा उत्रिए र यस आयोजनाको वातावरणीय र सामाजिक असरको बारेमा चिन्ता व्यक्त गरे।
इन्जिन, पंचुन, लॉंगटॉम११ र २ कमिटी (आईपीएलएलसी)को नेतृत्वमा प्रदर्शन भएको थियो। उनले मियाओका अतिरिक्त उपायुक्त (एडीसी) मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए र लिलामी प्रक्रिया तत्काल रोक्न माग गरे।
यस खानी परियोजनाले लगभग ५०० परिवारका ३,००० मानिसहरूलाई विस्थापित गर्न सक्ने प्रदर्शनकारीहरूकाे डर छ।
सरकारले पीडितसँग परामर्श नगरी यो लिलामी शुरु गरेको आन्दोलनकारीको आरोप छ। आईपीएलएलसीले, केन्द्रीय कोयला मन्त्रालयले प्रभावित परिवारहरूको वास्तविक संख्या गणना नगरेको आरोप पनि लगाए।
आईपीएलएलसीका अध्यक्ष सेमखुम टोङ्लिमले खनन परियोजनाले ६०० हेक्टरभन्दा बढी जमिनलाई असर गर्ने र सम्पूर्ण क्षेत्रको जनसंख्या र वातावरणमा गहिरो असर पर्ने चेतावनी दिए।
लॉंगटॉम११ र २ गाउँहरू भारतको स्वतन्त्रता अघि बसोबास गरिएको थियो र “अनवर्गीकृत राज्य वन क्षेत्र” मानिन्छ भनि उनले बताए।
यहाँ १६० भन्दा बढी परिवारहरू बसोबास गर्दै आएका छन्, जो पुस्तादेखि खेतीपाती र वनमा निर्भर छन्। उनीहरुको जबरजस्ती विस्थापन गरेकाे मा, संवैधानिक अधिकार, वन अधिनियम, २००६ र वन (संरक्षण) ऐन, १९८० को उल्लङ्घन हुनेछ।
आईपीएलएलसीले, सरकारले आफ्ना मागहरू स्वीकार नगरे आन्दोलनलाई सशक्त बनाउने स्पष्ट पारेको छ ।

About Author

Advertisement