सिलगढी: आगामी २६ जूनमा सम्पन्न हुने सिलगढी महकुमा परिषद चुनाउलाई लिएर प्रशासनले यसको तयारी शुरू गरेको छ। आज सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्मा र जिल्ला शासक एस पन्नमबलमले मतिगढास्थित नरसिंह विद्यापीठ स्कुलको निरीक्षण गरे। यस अवधि तिनीहरूले डीसी र आरसी सेन्टरको तयारीको निरीक्षण गरेपछि स्कूलमा सुरक्षा व्यवस्थाबारे मन्थन पनि गरे। निरीक्षणपछि जिल्ला शासक एस पन्नमबलमले भने, सिलगढी महकुमा परिषद, पञ्चायत र ब्लक चुनाउको लागि नरसिंह विद्यापीठ स्कुलमा सेन्टर बनाइएको छ। वर्षाको कारण स्कुलमा तारपोलिनको पनि व्यवस्था गर्नको साथै मतदान सम्बन्धी कागजपत्र र ईभीएम मशीनलाई प्लास्टिकलाई छोपिदिएको छ। मोठ बुथहरूको संख्या ६५७ रहेको छ। प्रत्येक बुथमा पाँचजना मतदान कर्मी रहनेछन् भने मोठ ४ वटा ब्लकमा ५ हजार मतदान कर्मीहरू रहनेछन् । अर्कोतिर, सिलगढी पुलिस कमिश्नर गौरव शर्माले भने, सिलगढी महकुमा परिषद चुनाउलाई ध्यानमा राखेर पुलिसले सुरक्षा बढ़ाएको छ। चुनाउ अवधि गैर कानुनी रूपमा रम रक्सीको तस्करी, मनी ट्रान्जेक्सनमा विशेष नजर राखिनेछ। बर्डर इलाकामा पुलिसको नाका चेकिङ चलिरहेको छ। यसबाहेक दार्जिलिङ जिल्लाको निकटवर्ती जलपाईगढी, इस्लामपुर जिल्ला प्रशासनसित सम्पर्क राखेर अपराधिक गतिविधिमा विशेष नजर राखिरहेको छ। सिलगढी महकुमा परिषद चुनाउलाई लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले सबै तयारी गरिसकेको तिनले बताए।










