सिलगढी: शिख सम्प्रदायको पाँचौँ गुरू अर्जुन देवजीको सहिदी दिवसमा सामाजिक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रम सिलगढी सिख युथ फोरम वेलफेयर सोसाइटीको ब्यानरमा आयोजना गरिएको थियो। सिख युथ फोरमको तर्फबाट आज सडकमा आवत-जावत गर्ने मानिसहरूलाई शरबत, चाना, नानीहरूलाई दुध र पाउरोटी वितरण गरियो। यस अवसरमा सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती पनि उपस्थित थिए। संस्थाका अध्यक्ष गोल्डी सिंह खालसाले बताए अनुसार शहिदी दिवसको अवसरमा गत केही दिनदेखि कार्यक्रमको आयोजना गरिरहेको छ भने आज सेवा कार्यको माध्यमद्वारा कार्यक्रमको समापन गरियो। यस अवसरमा अध्यक्ष गोल्डी सिंह खालसा, संस्थाका अजित सिंह लम्बा, रूपेन्द्र सिंह गिल, बलजीत सिंह, रसपाल सिंह, मञ्जीत सिंह लगायत अन्य उपस्थित थिए।









