पीपीएस र जनजाति मामिलाको निम्ति जनसम्पर्क अभियानमा डुवर्स आएको – बीपी बजगाई

7b67c026-53de-4b5f-91bd-cf18679d1a8b

कालचिनीः “पीपीएस भनेको नै गोर्खाल्यान्ड वा अलग राज्य अर्थात बंगाल विभाजन नै हुने टेकलाई लिएर भाजपामाथि यसको दवाब दिनु पर्छ भन्ने अवधारणा लिएर जनसम्पर्क अभियानमा डुवर्स आएको हुँ।” उपरोक्त कुरा आइतबार डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने भारत भोटाङ सीमान्त जयगाउँमा आइपुगेका खरसाङका विद्रोही भाजपा विधायक बीपी बजगाईले भनेका हुन्। आइतबार दिउँसो जयगाउँ मंगलबारेमा डुवर्स गोर्खा संरक्षण संघ र डुवर्स गोर्खा ट्राइबल स्टेटश कमिटीको पक्षबाट विद्रोही भाजपा विधायक बीपी बजगाईले पत्रकार सम्मेलन गर्दै आफू कुनै पार्टीको प्रतिनिधित्व गरेर नआएको बरु एकजना जातिको मुद्दाले जनप्रतिनिधि बनेको व्यक्तिको हैसियतमा पार्टीले देखाएको र पार्टीको संकल्प पत्रमा घोषणा गरीएको कुरालाई लागु गर्नु पर्छ भन्ने अड़ानलाई लिएर जनसम्पर्क अभियानको क्रममा डुवर्सको हितैषी दाजु भाईहरूसँग भेट्न आएको बजगाईले बताएका छन्।
यत्रो बर्ष पहाड़, तराई र डुवर्सको गोर्खाहरूको सपना गोर्खाल्यान्ड वा पीपीएस र जनजाति मामिला पार लगाउने भन्ने ठुलो राष्ट्रिय दलको घोषणा केवल घोषणा नहोस् अब हाम्रो आकांक्षा पुरा भएको हुन पर्ने विधायक बजगाईले दाबी गरेका छन्।
तिनले आफूलाई पहाड़को मानिसहरूले जुन मुद्दाको निम्ति जिताएर बंगाल विधानसभामा पठाएको छ त्यसलाई नै बोल्दै आईरहेको र यदि पार्टीले यसमा कारवाई गरे त्यसलाई सहर्ष स्वीकार गर्न पछि नहटने पनि बताए। पीपीएस वा गोर्खाल्यान्ड अनि जनजातिको मुद्दा केवल चुवावी मुद्दा मात्र नभएर पहाड़, तराई र डुवर्सको जनाकांक्षा हो यसैले जनतालाई अधिकार छ यसको उठान गर्ने र यही काम नै गराउन आफू जनसम्पर्क अभियानमा डुवर्स आएको विधायक बजगाईले थप बताएका छन्।
पत्रकार सम्मेलनमा डुवर्स गोर्खा संरक्षण संघका महासचिव योगेश थापाले खरसाङका विधायक बीपी बजगाईलाई कुनै पार्टीको नेताको रुपमा नभएर तिनको र आफूहरूको एउटै भावना भएको हिसाबमा डुवर्समा स्वागत गरिएको र भाजपालाई केवल चुनाउको बेला मात्र गोर्खा जातिको मुद्दा याद आउने गरेको र हाम्रो विधायक र सांसदहरू केवल चुपचाप बस्नलाई नभएर यो सही समय हो दवाब बनाउनलाई र भाजपाको उच्च कमानसम्म यो आवाज पुऱ्याउन यो पत्रकार सम्मेलन गरिएको बताएका छन्।
जयगाउँ आइपुगेका खरसाङका विद्रोही भाजपा विधायक बीपी बजगाईसित सौहार्द भेटघाट गर्न कालचिनी विधायक विशाल लामा पनि जयगाउँ पुगेको थियो भने बजगाईलाई डुवर्स गोर्खा संरक्षण संघ र डुवर्स गोर्खा ट्राइबल स्टेटश कमिटीको पदाधिकारीहरू राजीव शर्मा, योगेश थापा, अनिल थापा, प्रशान्त थुलुङ एवम् अन्यान्यले स्वागत जनाएको थियो।

About Author

Advertisement