वन्दे भारत एक्सप्रेस न्यू कूचबिहार स्टेशनमा रोकिने

Screenshot_20230528_192308_WhatsApp.jpg

कूचबिहार: सबै राजनीतिक अड्कलहरूको अन्त्य गर्दै, वन्दे भारत एक्सप्रेस न्यू कूचबिहार स्टेशनमा रोकिन लागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुवाहाटीदेखि न्यू जलपाईगुडीसम्मको वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने भएका छन्। याे खबर पाउने साथ बीजेपी नेताहरूले तुरुन्तै रेल विभाग र रेल मन्त्रीलाई सम्पर्क गरे र न्यू कूचबिहार स्टेशनमा वन्दे भारत एक्सप्रेसकाे स्टपेज दिने माग गरे। न्यू कूचबिहार स्टेशनमा वन्दे भारत एक्सप्रेसको नयाँ स्टपेजका लागि रेल मन्त्रालय सहमत भएको छन्। वन्दे भारत एक्सप्रेस भोलि अपराह्न ४ बजेसम्म न्यू कूचबिहार स्टेशन पुग्नेछ।

About Author

Advertisement