पिउने पानीको माग गर्दै पञ्चायत अगाडि सडक अवरुद्ध

IMG-20240429-WA0205.jpg

नादिया: अत्याधिक गर्मीको‌ कारण देशभर तापक्रम वृद्धि भइरहेको छ। यसैबीच नदीयाको कृष्णनगर दोगाछी पञ्चायतको ठूलो क्षेत्रमा खानेपानी नहुँदा स्थानीयले समस्यामा परेका छन्। खानेपानीको माग गर्दै आज स्थानीय बासिन्दाले बाल्टि र प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्। खानेपानीको माग गर्दै दुई घण्टा सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएको थियो। उक्त क्षेत्रमा पाइपलाइन बिच्छ्याएको तीन वर्ष भइसक्दा पनि पानी नपुगेको उनीहरुको दाबी छ। तर, पञ्चायतको आश्वासनपछि स्थानीयले आन्दोलन फुकुवा गरेका थिए।

About Author

Advertisement