एउटा दोकानमा चोरी

गान्तोक: रानीपुल पुलिस थाना क्षेत्र अन्तर्गत रादाङमा स्थानीय एउटा दोकानमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले दोकानबाट नगदसहित सूनका गर गहनाहरू चोरी गरेका छन्। पुलिस रिपोर्ट अनुसार, घटना गत शनिवार अबेर राति लगभग २ बजी घटेको हो। अज्ञात व्यक्ति (हरू) भेन्टिलेशनबाट पसेर दोकानबाट लगभग ६० हजार नगदसहित सूनका गर गहनाहरू चोरी गरे। शिकायतको आधारमा पुलिसले अज्ञात आरोपी विरूद्ध मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

About Author

Advertisement