२१ जूनः अष्ट्रेलिया विरुद्ध चरम रोमाञ्चक एशेज टेस्ट सीरीजको पहिलो म्याचमा पराजयको सम्मुखीन भए पनि आयोजक ईंग्ल्याण्डका कप्तान बेन स्टोक्स निराश छैनन्। यसको साथमा स्टोक्सले उनको टीमले सीरीजको रहल चारवटा टेस्ट म्याचमा पनि आक्रामक क्रिकेट खेल्न जारी राख्ने बताए। पहिलो टेस्ट म्याचको पहिलो दिन स्टोक्सले ८ विकेटमा ३९३ रनको स्कोरमा पहिलो ईनिंग्स घोषित गर्दै धेरैले आलोचना गरेका थिए तर ईंग्ल्याण्डका कप्तान आफ्नो सोचलाई लिएर स्पष्ट छन्। म्याचपछि स्टोक्सले भने, हार त हार नै हुन्छ तर मलाई आफ्नो टीममाथि गर्व छ। हामीले म्याचलाई पाँचौं दिनसम्म पुऱ्यायौं। यो एउटा रोलरकोस्टर जस्तो रह्यो, कहिले तल त कहिले माथि। यस म्याचलाई हामी आउँदो सालहरूमा पनि भुल्ने छैनौं।
पहिलो टेस्ट म्याचको सबैभन्दा चर्चित क्षणहरूमा एउटा स्टोक्सले पहिलो दिन नै ईनिंग्स घोषणा गर्नु रह्यो, जब जो रुट शतक पूरा गरेर क्रीजमा रहेका थिए। स्टोक्सले भने, मैले यसलाई (ईनिंग्स घोषणा गर्नु) अष्ट्रेलिया विरुद्ध एउटा अवसरको रूपमा हेरे। कुनै पनि टीम दिनको अन्ततिर २० मिनटको निम्ति ब्याटिंग गर्न मन पराउँदैन। यो रणनीति काममा पनि आउन सक्थ्यो। यस खेलमा तपाईंको हरेक फसेला सफल हुँदैन तर म आफ्नो सोचलाई लिएर सदा स्पष्ट रहन्छु। हामी रहल म्याचहरूमा पनि यसरी नै आक्रामक क्रिकेट खेल्न जारी राख्नेछौं।

उल्लेखनीय छ, मंगलवार अष्ट्रेलियाले ईंग्ल्याण्डलाई पहिलो एशेज टेस्टमा २ विकेटले पराजित गरी पाँचवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। जीतको निम्ति २८२ रनको लक्ष्यलाई खेदो गर्दै अष्ट्रेलिया एक समय समस्यामा रहेको थियो तर कप्तान प्याट कमिन्सले अविजित ४४ रन बनाएर ईंग्ल्याण्डको मेहनतलाई माटोमा मिलाए। जीतको निम्ति ५४ रनको आवश्यकता हुँदा अष्ट्रेलियासँग केवल २ विकेट बाँचेको थियो। त्यहाँबाट कमिन्सले न्याथन लायनसँग अटूट पार्टनरशीप गरी टीमलाई जीत दिलाए। लायन १६ रनमा अविजित रहे। म्याचमा १४४ र ६५ रनको ईनिंग्स खेल्ने अष्ट्रेलियाई ब्याटर उस्मान ख्वाजालाई प्लेयर अव् द म्याच चयन गरियो।











