कोरोनाको ९२ नयाँ मामिला, १ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ९२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९३,६७१ पुगेकाे छ। विगत २४ घण्टामा काेराेनाले १ जनाकाे मृत्यु दर्ता भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९८ पुगेको छ। यसरी नै यस अवधिमा १४९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५९,९८७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,७८६ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ६९,६३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१९,९७,७९२ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ३५६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३४,९६७ जनाले यो खोप लगाइसकेको छन्।









