काठमाडौं: नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ब्रिक एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतको परियोजना भएको दाबी गरेका छन्। उनले बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा आयोजित कार्यक्रममा यस्तो दाबी गरेका हुन्। राजदूत सोङले चीन सरकारको सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण भएको समेत बताए। उनले भने, ‘यो बीआरआई परियोजना अन्तर्गतको होl’
नेपाल सरकारले अहिलेसम्म कुनै पनि बीआरआई परियोजना स्वीकार नगरेको स्पष्ट पार्दै आउँदा चिनियाँ राजदूतको पछिल्लो भनाइ सार्वजनिक भएको हो। १ जनवरी २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपालका प्रधानमन्त्री प्रचण्डले उदघाटक गर्दा पनि राजदूत सोङले बीआरआई अन्तर्गतको भएको बताएका थिए। पोखरा विमानस्थल ३० करोड ५० लाख अमेरिकी अडलरको लागतमा निर्माण भएको हो। जसमध्ये २१ करोड ५० लाख चीनको एक्जिम ब्यांक, ३ करोड एशियाली विकास बैंक र १ करोड १० लाख डलर ओपेक फन्डको ऋण रहेको छ। बाँकी नेपाल सरकारले लगानी गरेको छ। तर, चीनले विमानस्थल निर्माणमा आफ्नो मात्र सहयोग रहेको दाबी गरेको छ। चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गरेको हो। -हिस










