पहाडको विभिन्न ग्राम पञ्चायतहरुमा एसटीपी, जीआरएस र भीएलई पदहरुमा कार्यरत् कर्मचारीहरुद्वारा पञ्चायत मन्त्री दिलिप घोषलाई बुझाए ज्ञापन पत्र

IMG-20260613-WA0126

खरसाङ: दार्जिलिङ पहाडको विभिन्न ग्राम पञ्चायतहरुमा एसटीपी, जीआरएस र भीएलई पदहरुमा कार्यरत् कर्मचारीहरुले आज खरसाङमा पश्चिम बंगालका पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्। दार्जिलिङ पहाडमा अन्य सरकारी कर्मचारीहरु जस्तै ग्राम पञ्चायत कार्यालयहरुमा एसटीपी, जीआरएस र भीएलई जस्ता पदहरुमा कार्यरत् कर्मचारीहरुले भनेको जस्तो वेतन नपाएको र घर चलाउन पनि कठिन परेको भन्दै राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषलाई भेटेर विभिन्न समस्याको समाधान गरिदिने मागमा ज्ञापन पत्र बुझाएका छन्। विभिन्न ग्राम पञ्चायत कार्यालयहरुमा एसटीपी, जीआरएस र भीएलई पदहरुमा कार्यरत् कर्मचारीहरुको समस्या सुनेर पञ्चायत मन्त्री दिलिप घोषले समाधान गरिदिने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषलाई भेटेर विभिन्न समस्याको समाधान साथै स्थायीकरणको मागमा ज्ञापन पत्र बुझाउने टोलीमा दार्जिलिङ पहाडको विभिन्न खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायतहरुका‌ प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌ यस अवसरमा खरसाङ खण्ड, रंगली रंगलियट, सुखे पोखरी, मिरिक आदि खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायतहरुमा एसटीपी जीआरएस र भीएलई पदहरुमा कार्यरत् कर्मचारीहरु उपस्थित रहेका थिए।

यस विषयमा पछिबाट पत्रकारहरुलाई सम्बोधन गर्दै राज्य कर्मचारी कल्याण संघ दार्जिलिङ जिल्लाको संयोजक प्रभात गजमेरले राज्य कर्मचारी कल्याण संघ दार्जिलिङ जिल्लाको संयोजकको रुपमा बोल्दै प्रभात गजमेरले दार्जिलिङ पहाडको विभिन्न ग्राम पञ्चायतहरुमा एसटीपी, जीआरएस र भीएलई पदहरुमा कार्यरत् कर्मचारीहरुले आज खरसाङमा पश्चिम बंगालका पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषलाई भेटेर विभिन्न समस्याको समाधान गर्न साथै स्थायीकरणको मागमा ज्ञापन पत्र बुझाएको र मन्त्रीले सकरात्मक आश्वासन दिएको बताएका छ।

About Author

Advertisement