केन्द्र सरकारको सबै योजनाहरु पहाडमा लागु हुने
खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी र एनडीएको १२ वर्ष पूरा भएको अवसरमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा र खरसाङका विधायक सोनाम लामाले दार्जिलिङ पहाडको जनता र पार्टी कार्यकर्ताहरुको तर्फबाट बधाई दिएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सबका साथ, सबका विकास महत्वपूर्ण रहेको र १२ वर्ष जनताको पक्षमा रहेको बताएका छन्। उनले भने, अहिले राज्यमा भाजपाको सरकार छ र केन्द्रको अधिकांश योजनाहरु अब लागु हुनेछ। किनभने पहिलेको सरकारले यसलाई लागि गरेको थिएन र बंगाल र पहाडमा जनताहरु केन्द्र सरकारको परियोजनाहरुबाट वञ्चित रहेका थिए।’
लामाले अब राज्य र पहाडमा विभिन्न केन्द्र सरकारको विभिन्न परियोजनाहरु लागु हुने र जनता लाभान्वित हुने बताएका छन्। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘अब हुने बजेटमा केन्द्रको सबै योजनाहरु राज्य र पहाडको जनताले पाउने आशा छ। प्रधानमन्त्री आवास योजना चाढै शुरु हुँदैछ र प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ सबका विकास पहाडमा लागु हुनेछ। हामी पहाडमा कुनै जात, धर्म र पार्टी नहेरी गरीब र निमुखा जनताको सर्वाङ्गीण विकासको लागि काम गरिनेछ। विकासको लागि सबैलाई समान रुपमा हेरिनेछ। अबको समय जनताले दुःख पाउनु हुँदैन।’
भाजपा अध्यक्ष सञ्जीव लामाले अझ भने, ‘अब हामी आशा गर्दछौँ कि पहाडमा सुशासन शुरु हुनेछ र राज्यको कल्पना अनुसार शासन स्थापित हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले प्रधानमन्त्री मुद्रा योजना, प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री किसान निधि योजना, आयुष्मा एन भारत योजना लगायत केन्द्र सरकारको विभिन्न योजनाहरु राज्य र पहाडमा शुरु गरिनेछ। अब जनताले सरकारको हरेक योजनाहरु पाउनेछन्। गरीबको गाँस र अधिकार समान रुपमा वितरण गरिनेछ।’
उक्त पत्रकार सम्मेलनमा खरसाङका विधायक सोनाम लामाले पनि सम्बोधन गर्दै भने, केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले १२ वर्ष पूरा गरेको छ। यसमा सबे योजनाहरु बलियो नेतृत्व र स्पष्ट नीतिले गर्दा पूरा भएको छ। २०४७ सम्मको भिजनलाई लिएर १२ वर्षमा भाजपा सरकारले नेतृत्व गरिरहेका छन्। जनताको लागि सुनियोजित योजना देशभर लागि गरिएका छन्।’
विधायक सोनाम लामाले अझ भने, यसपाली राज्यको पहिलो बचेटमा धेरै आशा छ। यस बजेटको लागि हामीले हाम्रो क्षेत्रको लागि धेरै कुराहरु बजेटमा हाल्न सुझाव दिएका छौं। हाम्रो प्रशासनिक तौरमा लगातार रुपमा सभा गरिरहेका छौं र देशको सुरक्षा र जनताको हितमा काम गर्ने पार्टी भाजपा हो। हामीले पहाडको स्वास्थ्य, शिक्षा, ट्राफिक, पर्यटन लगायत विभिन्न विषयहरुमा सुझाव दिईसकेका छौं।’










