कोलकाताः पश्चिम बंगाल उच्च माध्यमिक परीक्षाको परिणाम बुधवार दिउँसो घोषित गरियो। उच्च माध्यमिक शिक्षा परिषदको तर्फबाट प्रेस कन्फ्रेन्स गरी जानकारी गराइए अनुसार, यसपाली लगभग आठ लाख ५२ हजार ४४४ छात्र-छात्राहरूले परीक्षा दिएका थिए, त्यसमध्ये ८९.२५ प्रतिशत छात्र-छात्रा पास भएका छन्। नरेन्द्रपुर रामकृष्ण मिशनका शुभ्रान्शु सरकारले पूरा राज्यमा टप गरेका छन्। उनले ५०० मध्ये ४९६ नम्बर हासिल गरेका छन्।
टप टेनमा ८७ छात्र-छात्राहरू छन्। गत साल टप टेनमा २७२ छात्र-छात्राहरू तिए। सबैभन्दा धेरै पूर्व मेदिनीपुरका छात्र उत्तीर्ण भएका छन्। ११ जिल्लामा पास हुनेहरूको प्रतिशत ९० भन्दा धेरै छ। एक्लो हुगली जिल्लाबाट टप टेनमा १८ छात्र-छात्राहरू छन्। छात्रहरूको संख्याम छात्राहरूको संख्या १.२७ लाख अधिक छ। परीक्षा भएको ५७ दिनपछि परिणाम घोषित गरिएको छ।










