डलहौसीमा सड़क दुर्घटना, तीन मेट्रो कर्मी घाइते

00-1-Chheriya-Samachar-2

कोलकाताः कोलकाताको डलहौसी क्षेत्रमा बुधवार बिहानै एक ठूलो दुर्घटना घटेको छ। यसमा मेट्रो रेलमा कार्यरत तीन कर्मी गम्भीर रूपमा घाइते भएका छन्।

पुलिसअनुसार, एक सरकारी बस तीव्र गतिमा आइरहेको थियो र नियन्त्रण गुमाएर फुटपाथमा चढ्यो। त्यही समय त्यहाँबाट गइऱहेका तीन मेट्रो कर्मचारी त्यसको चपेटमा पर्दा गम्भीर रूपमा घाइते भए। तीनै जनालाई एसएसकेएम अस्पतालमा भर्ती गरिएको छ।

घातक बसलाई जफत गरिएको छ र चालकलाई हिरासतमा लिएर त्यस विरूद्ध लापरवाहीले वाहन चलाउँदै मानिसहरूको ज्यानलाई जोखिममा पारेको गैर जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

About Author

Advertisement