ब्लास्टपछि अब मालदाबाट उद्धार गरियो

00-1-Chheriya-Samachar-2

कोलकाताः पश्चिम बंगालको मालदाको एउटा पटेका गोदाममा ब्लास्टपछि अब यहाँ गोली-बन्दूक उद्धार गरिएको छ। बुधवार जिल्ला पुलिसको तर्फबाट जारी बयान अनुसार, मङ्गलवार मध्यरातमा मानिकचक जोतपात्रा गाउँमा पुलिसले तलाशी अभियान चलाएको थियो। यहाँ तूफानी मण्डल नाम गरेका व्यक्तिको घरमा छापामारी गरियो। धेरै बेरसम्म तलाशी अभियान चलाएपछि उसको घरबाट दुई मस्कट र तीन राउण्ड गोली उद्धार गरिएको छ।

तूफानीलाई पक्राउ गरिएको छ। व्यक्ति गैरकानूनी तरीकाले हतियारहरूको तस्करीको कारोबारमा लिप्त रहेको थाहा लागेको छ। उसका अन्य धेरै साथीहरू छन्, जो कोलकातासम्म फैलिएका छन्। व्यक्तिसित सोधपुछ गरी उसले बन्दूक कहाँबाट पाए र कहाँ-कहाँ तस्करी गर्ने थियो, यसबारे जानकारी जुटाउने प्रयास भइरहेछ।

About Author

Advertisement