यस अवसरमा पर्यटन विभागका मन्त्री टीटी भोटिया, विधायक एवम् सल्लाहकार सुदेश सुब्बा, प्रमुख सचिव सीएस राव र पर्यटन विभागका अधिकारीहरू उपस्थित थिए।
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले दुईवटा महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा पर्यटन तथा नागरिक उड्डयन विभागलाई हार्दिक बधाई दिएको छ। विभागले दिगो विकास र असाधारण आतिथ्यतामा आफ्नो समर्पणलाई जोड दिँदै उत्कृष्ट दिगो पर्यटन अभ्यास गर्ने राज्य पुरस्कार र भारतको सबैभन्दा पर्यटक मैत्री राज्य पुरस्कार दुवै हासिल गर्न सफल बनेको छ।
यी प्रतिष्ठित पुरस्कारहरूले जिम्मेवार पर्यटन अभ्यासहरू प्रवर्द्धन गर्न विभागको समर्पण तथा यात्रुहरूको लागि स्वागतयोग्य र समृद्ध अनुभव सिर्जना गर्ने उनीहरूको सफलतालाई पनि प्रतिबिम्बित गर्दछ, मुख्यमन्त्रीले भने।
यस अवसरमा पर्यटन विभागका मन्त्री टीटी भोटिया, विधायक एवम् सल्लाहकार सुदेश सुब्बा, प्रमुख सचिव सीएस राव र पर्यटन विभागका अधिकारीहरू उपस्थित थिए।