खाद्य एवं आपूर्ति विभागका सचिवले गरे खाद्यान्न भण्डारणको निरीक्षण

IMG-20240824-WA0267

गान्तोक: राज्यको खाद्य एवं नागरिक आपूर्ति विभागका सचिव अनिल राज राई, डीसीएसओ भीम प्रधान, सह अभियन्ता, कनिष्क अभियन्ताको एक टोलीले हिजो पाकिम, रिनक र रङ्गेलीको नवनिर्मित तालखडका फुट गोडाउनको निरीक्षण गऱ्यो। निरीक्षणको क्रममा सचिव राईले एक पेड माँ के नाम अन्तर्गत फुड गोडाउन परिसरमा विरूवा पनि रोपे। यसरी नै उनले नयाँ एएसआईहरूसँग अन्तरक्रिया गरेर उनीहरूलाई एनएफएसए, अत्यावश्यक वस्तु ऐन, कालोबजारी ऐन र समय समयमा परिमार्जन गरिएका विभागका अन्य सूचना र नियमहरू लागु गर्ने सम्बन्धमा कठोर र सक्रिय हुने सुझाउ दिए। त्यसपछि उनले गोदाममा राखिएको खाद्यान्नको भण्डारण र अवस्थाबारे जानकारी लिए। गोदामको सम्पत्ति दर्ता राम्रोसँगले जाँच गरेर गोदामका प्रभारीले मनसुन मौसममा भोग्नुपर्ने समस्याबारे धैर्यकासाथ सुन्दै यसको समाधानको दिशामा काम गर्न पहल गर्ने आश्वासन दिए।
उनले खाद्यान्न गोदामको पर्चा जग्गाबारे पनि जानकारी लिए जुन सबै गोदाम प्रभारीलाई देखाइएको थियो। उनले खाद्यान्न गोदामको जोखिममा रहेका भागको सुरक्षाका लागि एस्टीमेट तयार गर्न सहायक अभियन्ता र कनिष्क अभियन्तालाई निर्देशन दिए।

About Author

Advertisement