न्यायाधीश मिनाक्षी मदन राईको राज्यपालसित भेट

IMG-20230826-WA0326.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजभवनमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश मिनाक्षी मदन राईसँग शिष्टचार भेट गरे। उनी राज्यकी पहिलो महिला न्यायाधीश हुन्। भेटको क्रममा राज्यपालले राज्यको पहिलो महिला न्यायाधीशसँग भेट गर्न पाउँदा खुशी व्यक्त गरेका छन्। उनी नारी सशक्तिकरणको उदाहरणको प्रतिक रहेको बताउँदै उनी सम्पूर्ण देश साथै समाजको निम्ति प्रेरणाको स्रोत रहेको बताए।

About Author

Advertisement