सिटिजन एक्सन पार्टीले कसैलाई धोका दिनेछैन्: गणेश राई

IMG-20230826-WA0325.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी – सिक्किमको भातृ सङ्गठन चालक परिषद केन्द्रीय समितिको आयोजनामा आज एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। सिटिजन एक्सन पार्टी केन्द्रीय कार्यालयमा आयोजित उक्त सभाको पार्टी अध्यक्षता पार्टीका अध्यक्ष एलपी काफ्लेले गरेका थिए।

सभामा वर्तमान अवस्थामा चालकहरूले भोग्न परिरहेका अनेकौं समस्याहरू सम्बन्धमा विशेष समिक्षा र समाधानको बाटो कसरी खोज्ने भन्ने विषयमा छलफल गरियो। तीनसय भन्दा ज्यादा चालकहरूको उपस्थितिमा सम्पन्न सभामा ५० जना चालकहरूले सिटिजन एक्सन पार्टी-सिक्किममा विधिवतरूपमा सामेल भएका छन्। यस पार्टीको नीतिको कार्यक्रमलाई मन पराएर उनीहरूले पार्टीमा प्रवेश गरेको बताउँदै सिटिजन एक्सन पार्टीको सरकारले खटिखाने श्रमजीवी, मेहनती चालकहरूको भाग्य र भविष्य सुनिश्चित गरिदिने, कानुनी राजको स्थापना गरेर चालकहरूलाई न्याय दिने छ भन्ने विश्वास पनि व्यक्त गरेका छन्।

आजनै पार्टी प्रवेश प्रवेश गरेकी नारी चालक श्रीमति कविता गुरूङले आफूलाई सिटिजन एक्सन पार्टी-सिक्किमले सदस्यता दिएर सिक्किम र सिक्किमे जनताको हितमा काम गर्ने अवसर दिएकोमा पार्टीप्रति आभार व्यक्त गरिन्। सम्पूर्ण सिक्किमेली चालकहरूको सङ्गठित शक्तिको आड़मा सत्तामा पुगेको वर्तमान एसकेएम सरकारले चालकहरूले लगाएको गुन विर्सिएको दाबी गरिन्। अब सिटिजन एक्सन पार्टीको सरकार आएपछि चालकहरूको आवाज सरकारसम्म अवश्य पुग्ने उनले विश्वास व्यक्त गरेकी छन्।

सभालाई सम्बोधन गर्दै पार्टीका प्रमुख समन्वयक गणेश राईले पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यहरूलाई स्वागत जनाए। आफ्नो वक्तव्यको क्रममा उनले सिटिजन एक्सन पार्टीको सरकारले कसैलाई धोका नहुने विशेष गरेर चालकहरू देश विकासका प्रमुख आधार भएको बताउँदै यस पार्टीको सरकारले चालकवर्गलाई मान-सम्मान र इज्जत दिने विश्वास दिलाए। मन्त्री, विधायक लगायत कसैलाई पछ्याएर होइन तर व्यवस्थालाई नै सुधार गरेर सबैलाई न्याय प्रदान गर्ने आश्वासन दिए।

सिटिजन एक्सन पार्टीको सरकारले एट्रोसिटि एक्ट लागु गरेर सम्पूर्ण चालकहरूको हितमा काम गर्ने र उनीहरूको अधिकारलाई सुनिश्चित गर्ने, राम्रो सड़क व्यवस्था गर्ने साथै चालकहरूलाई आर्थिक सहयोग जहाँ जरूरत पर्छ सरकारले गर्ने, कहाँ कहाँको सड़क बनाउनुपर्ने त्यो चालक बोर्डको सिफारिसमा बनाउने बचन दिए।

सोही प्रकारले पार्टीका अध्यक्ष एलपी काफ्लेले सभालाई सम्वोधन गर्दै नयाँ सदस्यहरूलाई पार्टीमा हार्दिक स्वागत जनाउँदै आजदेखि पार्टी अझ मजबूत भएको ठोकुवा गरे। सिक्किम राज्यको सड़कको अवस्था डामाडोल भएको सबै परिचित रहेको र यो पीड़ा आफूले नजिकबाट महसुस रहेको बताए। सडकको यस्तो अवस्था हुनुको मूल कारण सरकारको नीति गलत भएको र हिजोदेखि आजसम्म रहेको सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले गर्दा हो।

कथनी र करनी फरक भएको वर्तमान एसकेएम सरकार हिजो सत्तामा आउनु अघि झण्डे राजनीति नगर्ने भन्दै राज्यको शहर, गाउँ-बस्तीमा हल्ला अनि वाचा गर्दै हिड़्यो तर आज ओड़ने सिरक जत्रै झण्डा राज्यको गल्ली गल्लीमा लगाएर जनताको विकास गर्ने रकम दुरूपयोग गरिरहेको आरोप लगाए।

About Author

Advertisement