गान्तोकः सिक्किम राज्यभित्र सञ्चालित निजी विश्वविद्यालयमा सेवारत सहायक प्राध्यापकहरूलाई विश्वविद्यालय पक्षले न्यूनतम ३० हजार रुपियाँको मासिक वेतन अनिर्वाय रूपमा दिनुपर्ने भएको छ। सिक्किम सरकारको शिक्षा विभागले पछिल्लो १४ अगस्तका दिन एउटा अधिसूचना जारी गरेर निजी विश्वविद्यालयका लागि यो नियम अनिवार्य गराएको हो। सरकारले जारी गरेको यो नियम राज्यमा सञ्चालित सबै विश्वविद्यालयका लागि रहेको छ। विश्वविद्यालय प्रवन्धन पक्षले विश्वविद्यालयमा कर्न्ट्याचुअल आधार अथवा अस्थायी रुपमा सेवारत सबै साहायक प्राध्यापकहरूलाई मासिक ३० हजार रुपियाँ वेतन दिनुपर्नेछ।
जानकारी गराइन्छ, सिक्किमा निजी विश्वविद्यालयको संख्या लागातार बढेर गएको छ। गत १३ अगस्तका दिन मुख्यमन्त्री पीएस तामाङले पश्चिम सिक्किमको च्याखुङ मेन्दोगाउँमा सिक्किम जैविक कृषि विश्वविद्यालयको शिलान्यास गरेका थिए। पश्चिम सिक्किमको बर्मेकमा मेधावी स्किल विश्वविद्यालय सञ्चालनमा आएको छ भने दरामदिनमा महात्मा गान्धी विश्वविद्यालय स्थापना गर्न सरकारले अनुमति प्रदान गरिसकेको छ। दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र र नामथाङ रातेपानीमा पनि निजी विश्वविद्यालय स्थापना भइरहेका छन्।










