मणिपुरमा शान्ति बहालको निम्ति नाम्चीमा शान्ति ऱ्याली

peace_818

नाम्चीः मणिपुरमा शान्ति बहालको कामना गर्दै आज नाम्चीमा एक शान्ति ऱ्याली निकालियो। उक्त ऱ्यालीको आयोजना अखिल सिक्किम इसाई सङ्गठनले गरेको थियो। ऱ्यालीमा सिक्किमको विभिन्न स्थानबाट सङ्गठनका पास्टर र सदस्यहरूले सहभागिता जनाएका थिए।

सो ऱ्याली भाइचुङ स्टेडियमबाट शुरू भएर जोरथाङ रोड, भोटिया बस्ती हुँदै किशान बजारमा आएर समाप्त भएको थियो। सङ्गठनका प्रमुख सल्लाहकार सतिशचन्द्र राईले सङ्गठनले भारत सरकार र मणिपुर सरकारलाई मणिपुरमा शान्ति बहालको निम्ति ठोस पहल गर्न माग राखेको बताए। मणिपुरको हिंसाले सिक्किम पनि आहत बनेको उनले बताए।

यसैगरी, सङ्गठनका सल्लाहकार आनन्द प्रकाश सुब्बाले मणिपुरका पीडितहरूको लागि सहयोग राशि आगामी १९ अगस्तसम्म सङ्गठनमा प्रदान गर्न सदस्यहरूलाई अनुरोध गरे। ऱ्यालीमा रेभ. मालोमो, सङ्गठनका महासचिव मिका थुलुङ आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement