नामथाङमा पूर्व विधायक एवम मन्त्रीहरूलाई सम्मान

IMG-20230816-WA0319.jpg

नामथाङः प्रत्येक वर्ष झै यस वर्ष पनि नामथाङमा ७७औं स्वतन्त्रता दिवस भव्यताका साथमा पालन गरियो। यस अवसरमा मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, एसएचजी साथै खण्ड विकास विभागका कर्मचारीहरूले विभिन्न रंगारंग देशभक्तिका कार्यक्रमहरु प्रस्तुत गरे। आफ्नो सम्बोधनको क्रममा मन्त्री खरेलले उपस्थित जनसमुहलाई ७७ओैं स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै देशले मलाई के दिन्छ होइन तर देशको लागि म के गर्न सक्छु भनेर देशको असल नागरिक बनेर जिउनु पर्ने सबैलाई आह्वान गरे।

यसैगरी, मन्त्रीले यति भव्य र सभ्य कार्यक्रम आयोजना गरेकोमा सबैलाई बधाई टक्राए। देशलाई स्वतन्त्रता गराउनमा धेरै स्वतन्त्रता सेनानीहरुले बलिदान दिएर १९४७ सालमा भारतले स्वाधीनता प्राप्त गरेको कुरालाई सम्झना गर्दै शहीदहरूप्रति उनले नमन गरे। एसकेएम सरकार गठन भएपछि नामथाङ क्षेत्रमा धेरै प्रगति भइरहेको कुरा बताउँदै उनले वर्तमान सरकार यस क्षेत्रका मानिसहरुको लागि सँधै सचेत रहेको कारणले क्षेत्रमा के-कस्ता विकासका कार्यहरु आजसम्म भएका छन् यस बारेमा विस्तृत जानकारी दिए। मुख्यमन्त्री पीएस तामाङको निर्देशनमा आफू पनि यस क्षेत्रका जनताको हितमा कार्य गर्न लागिपरेको बताउँदै आफू सम्पत्ति कमाउनलाई नभएर जनताको सेवा गर्न सदैव अग्रसर रहेको बताए। सरकारको तर्फबाट मात्र नभएर आफ्नो व्यक्तिगततर्फबाट पनि अहिलेसम्म क्षेत्रका जनताको हरेक दुःख-सुख साथै विरामी अवस्थामा आफूले सहयोग गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने मन्तव्य उनले व्यक्त गरे। कार्यक्रममा विशेषगरी विगतका दिनमा विभिन्न सरकारी अहोदामा रहेर यस क्षेत्रको विकास गर्ने व्यक्तिहरुलाई सम्मान जनाइयो, जसमा भुतपूर्व मन्त्री स्वर्गीय बीपी खरेल, भुतपूर्व विधायक बीबी लोहार, भुतपूर्व मन्त्री स्वर्गीय आइत सिंह बराइली, भुतपुर्व मन्त्री सीके मोहरा, भुतपूर्व मन्त्री तिलु गुरुङ रहेका थिए।

About Author

Advertisement