कामाख़्यागुडी: कुमारग्राम ब्लकअन्तर्गत धनतलिटापु क्षेत्रमा नालाको पानीमा खसेर एक गृहिणीको मृत्यु भयो। मृतकको नाम सोमेश्वरी बर्मन (४३) रहेको बताइयो।
स्थानीय स्रोतका अनुसार उनी घर नजिकै रहेको खैरबाडी नालामा कपडा धुन गएकी थिइन्। सोही क्रममा असावधानीवश उनी नालाको पानीमा खसिन्। स्थानीयवासीहरूले उनलाई उद्धार गरी कामाख्यागुडी ग्रामीण अस्पताल पुर्याए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
प्रहरीका अनुसार शवलाई परीक्षणका लागि पठाइनेछ र घटनाको अनुसन्धान भइरहेको छ।









