ओलम्पिक पदक विजेता हकी खेलाड़ी गुरबख्श सिंह ग्रेवालको निधन

IMG-20260425-WA0053

चण्डीगढ़: भारतीय हकीले आज अझ एकजना दिग्गजलाई गुमायो। ओलम्पिक पदक विजेता गुरबख्श सिंह ग्रेवालको ८४ सालको उमेरमा निधन भयो। हृदयाघातले गर्दा उनको निधन भएको सूत्रबाट थाहालागेको छ। उनले जीरकपुर (चण्डीगढ़ नजिक) अन्तिम सास फेरे। गुरबख्श १९६८-मा मेक्सिको सिटी ओलम्पिकमा भारतीय टीमको हिस्सा थिए, जसले काँस्य पदक जितेको थियो। त्यस समय टीममा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो। उनले त्यही ओलम्पिकमा आफ्नो भाई बलबीर सिंह ग्रेववालसँग भारतको प्रतिनिधित्व गरेका थिए। गुरबख्शको खेल जीवन केवल मैदानसम्म सीमित थिएन। खेलबाट सन्न्यास लिएपछि पनि उनले हकीको प्रशासनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनले वेष्टर्न रेलवेमा वरिष्ठ खेल अधिकारीको रूपमा काम गरे अनि धेरै प्रतिभाशाली खेलाड़ीहरूलाई अघि बढ़ाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। रिटायरमेण्टपछि उनले मुम्बईमा रहेर खेल प्रशासनमा सामेल भए अनि मुम्बई हकी एसोसिएशनको मानद सचिवको पदमा पनि आफ्नो सेवा दिए। गुरबख्श सिंह ग्रेवालको निधन भारतीय खेल जगतको निम्ति एउटा ठूलो क्षति हो। उनको स्मृति अनि उनको योगदान हकीप्रेमीहरूका मनमा सदा जीवित रहनेछ।

About Author

Advertisement