नामथाङबाट असम पुग्यो राहत टोली: बाढीपीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

FB_IMG_1787580977807

नामथाङ: असमका बाढीपीडित परिवारहरूको अवस्था बुझ्न र प्रत्यक्ष सहयोग पुर्‍याउन सिक्किमको नामथाङबाट गएको एक टोली अगस्ट २३, २०२६ का दिन असमको शिवसागर पुगेको छ। क्षेत्रीय विधायक सञ्जीत खरेल र समाजसेवी आशा खरेलको मार्गदर्शन तथा निर्देशनमा नामथाङको टोलीले प्रभावित क्षेत्रमै पुगेर बाढीपीडितहरूलाई प्रत्यक्ष रूपमा आर्थिक सहायता हस्तान्तरण गरेको हो।
​यो मानवीय राहत अभियान ‘द राइडर्स अफ नामथाङ मोटर साइकल क्लब’, ‘फिटनेस जोन नामथाङ’ र ‘अध्ययन इन्स्टिच्युट नामथाङ’को संयुक्त पहलमा सञ्चालन गरिएको हो। अभियानलाई सफल बनाउन आइडीसीसी २०२६, पीएम श्री बीकेकेजीएसएस स्कूल नामथाङ र ‘नामथाङ रातेपानी’ मिडियाले सहयोग पुर्‍याएका थिए। कठिन परिस्थितिमा परेका बाढीपीडित भाइबहिनीहरूलाई ऐक्यबद्धता जनाउँदै आशा र भरोसा प्रदान गर्न यो सानो प्रयास गरिएको आयोजकले जनाएको छ। अभियान सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण दाता, समर्थक, असमका ‘ह्याप्पी राइडर्स’, ‘रेड ल्याण्ड ब्रदर्स’ र ‘रोड रनर्स’ मोटर साइकल क्लबहरूका साथै सहयोगीहरूलाई नामथाङ टोलीले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

About Author

Advertisement